दफा १३४
निरुपण भएको विषयको जिकिर लिन नपाइने

(१) दफा १३२ बमोजिम आदेश गर्दा अदालतले त्यस्तो मुद्दामा फिरादपत्र दर्ता गर्ने हकदैया भएको, हदम्यादभित्रमुद्दा दायर भएको वा त्यस्तो मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकारक्षेत्र त्यस्तो अदालतलाई भएकोआदेश गरेमा प्रतिबादीले त्यस मुद्दामा पुनरावेदन गर्दा वा मुद्दा दोहोर्याउन तथा पुनरावलोकनको लागि निवेदनदिँदा सोही विषयमा पुन जिकिर लिन सक्ने छैन ।
(२) कसैले उपदफा (१) को प्रतिकूल हुने गरी जिकिर लिए पनि त्यस उपर सुनुवाई हुने छैन ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले दफा १३२ को उपदफा (३) बमोजिम गरेको आदेश उपर दफा१५७ बमोजिम र निर्णय उपर दफा २०५ बमोजिम सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन वा पुरावेदन गर्नसकिनेछ।